गृहपृष्ठ अर्थ/वाणिज्य आर्थिक वर्ष २०७५र०७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख, ३२ करोड २८ लाख रुपैयाँ पेश्की

आर्थिक वर्ष २०७५र०७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख, ३२ करोड २८ लाख रुपैयाँ पेश्की

प्रकाशित मिति:

आर्थिक वर्ष २०७५र०७६ सम्म प्रदेश ५ को बेरुजु ९४ करोड ७३ लाख देखिएको छ । महालेखापरीक्षकको प्रतिवेदनअनुसार अघिल्लो आर्थिक वर्षको बाँकी ५ लाख र सोही आर्थिक वर्षको ९४ करोड ६८ लाख गरी ९४ करोड ७३ लाख रुपैयाँ बेरुजु देखिएको हो ।

यो प्रदेश सरकार मातहतका सरकारी कार्यालय, अन्य संस्था र समिति तर्फको हो । सो बेरुजु रकममा ३२ करोड २८ लाख रुपैयाँ पेश्की रहेको छ ।

प्रदेश ५ का १ सय ५३ वटा कार्यालयमा आर्थिक वर्ष २०७५र०७६ का लागि ३० अर्ब २८ करोड ३८ लाख रुपैयाँको लेखा परीक्षण गर्दा ९४ करोड ६८ लाख बेरुजु देखिएको हो । लेखा परीक्षण रकमको तुलनामा बेरुजु प्रतिशत ३ दशमलव १३ प्रतिशत हो ।

प्रदेश ५ का स्थानीय तहमा ५ अर्ब ४ करोड ५६ लाख रुपैयाँ बेरुजु देखिएको छ । प्रदेश ५ का १ सय ९ स्थानीय तहको कुल १ खरब १७ अरब ५९ करोड ६ लाख रुपैयाँको लेखा परीक्षण गर्दा लेखापरीक्षणको तुलनामा ४ दशमलव ६९ प्रतिशत बेरुजु देखिएको छ ।

सम्बन्धित् समाचार