गृहपृष्ठ खबर कोरोना संक्रमणबाट नेल्सन मण्डेलाकी कान्छी छोरीको ज्यान गयो

कोरोना संक्रमणबाट नेल्सन मण्डेलाकी कान्छी छोरीको ज्यान गयो

दक्षिण अफ्रिकामा प्रजातन्त्रिक रुपमा निर्वाचित पहिलो राष्ट्रपति नेल्सन मण्डेलाकी कान्छी छोरी जिन्द्जी मण्डेलाको मृत्यु भएको छ । ५९ वर्षको उमेरमा उनको जोहान्सवर्गमा मृत्यु भएको छ । मृत्युपछि उनी कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित रहेको पुष्टि भएको छ ।

उनका छोरा जोन्डवा मण्डेलाले सार्वजनिक टेलिभिजनलाई दिएको अन्तर्वार्तामा अहिलेसम्म कोरोनाकै कारण उनको मृत्यु भएको विषयमा आफू स्पष्ट नरहेको बताएका छन् । कोरोना परीक्षणको रिपोर्ट आएपनि पोष्टमार्टमको रिपोर्ट भने आउन बाँकी रहेको उनले बताएका छन् । साथै उनले शुक्रबार बिहान आफ्नी आमाको अन्त्येष्टि गरिएको बताएका छन् ।

सम्बन्धित् समाचार