रुपन्देहीको सैनामैना नगरपालिकामा रहेको सैनामैना पर्रोहा परमेश्वर माध्यमिक विद्यालय नमुना विद्यालयको रुपमा छनोट भएको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालय, शिक्षा मानव विकास केन्द्र अन्तर्गतको विद्यालय शिक्षा मापदण्ड निर्धारण शाखाले सैनामैनाको वडा नं १ स्थित सैनामैना पर्रोहा परमेश्वर माविलाई नमुना विद्यालयको रूपमा छनोट गरेको हो ।
केन्द्रबाट आर्थिक बर्ष २०७६÷०७७ मा नमुना विद्यालयका लागि आवेदन भरेको यस विद्यालयले आवश्यक मापदण्ड पुरा गरेका कारण नमुना विद्यालयका रुपमा छनोट हुन सफल भएको विद्यालयका प्राचार्य नेत्र पुरीले बताउनुभयो ।
उहाँले नमुना विद्यालयका लागि विद्यालयको विद्यार्थी संख्या,एसइइको नतिजा, विद्यालयको जग्गा, विद्युत तथा इन्टनेट र राजमार्गको पहुँच लगायतका शिर्षकमा ९ १ सय पूर्णांङ्क ० मुल्यांकनको आधारमा नमुना विद्यालय छनोट भएको बताउनुभयो । नमुना विद्यालयका लागि विद्यालयले विगत ३ बर्षदेखी मिहेनत गरेको प्राचार्य पुरीको भनाइ छ ।
सैनामैना नगरपालिकाका नगर प्रमुख चित्र बहादुर कार्कीले नमुना विद्यालय अन्तर्गत सैनामैना पर्रोहा परमेश्वर मावि छनोट भएकोमा शिक्षा क्षेत्रमा सैनामैनाको गरिमा बढेको बताउनुभएको छ ।
उहाँले भन्नभयो – हामी अत्यन्त हर्षित छौँ । बधाई तथा शुभकामना । आगामी दिनमा अन्य सामुदायिक विद्यालयहरुलाई पनि यसले प्रेरणा मिल्ने विश्वास लिएको छु । शिक्षा क्षेत्रमा नगरले निरन्तर उपलब्धि हासिल गरेको बताउँदै गुणस्तरीय शिक्षाका लागिे अझै प्रभावकारी बनाउन लागि परेको नगर प्रमुख कार्कीको भनाइ छ ।
आर्थिक बर्ष २०७६÷०७७ मा विगतमा नमुना विकासका लागि विद्यालयहरु छनोट नभएका स्थानीय तह अन्तर्गत १ सय ओटा विद्यालयहरु नमुना विकासका लागि छनोट गर्न आहवान गरिएको थियो । जस अनुसार सैनामैना माविले पनि आवदेन भरेको थियो ।
विद्यालय क्षेत्र विकास योजना ९ एसएसडिपी ० अन्तर्गत वि।स २०८० सम्म १ हजार सामुदायिक माध्यमिक विद्यालयलाई नमुना घोषण गर्ने सरकारको योजना अन्तर्गत नमुना विद्यालय छनोट हुँदै आएको छ । जसमा एक स्थानीय तह एक नमुना विद्यालय हुनुपर्नेछ ।
हाल विद्यालयमा १२ सय ११ विद्यार्थी छन् । कक्षा ९ सम्म नेपाली र अंग्रेजी दुबै माध्यमबाट पढाइ हुन्छ । विद्यालयमा एउटा बस समेत छ । सैनामैना माध्यमिक विद्यालय र पर्रोहा परमेश्वर आधारभुत विद्यालय २०७६ मंसिर ५ गते मर्ज भएको थियो । रुपन्देहीमा सैनामैना पर्रोहा परमेश्वर मावि सँगै देवदह नगरपालिकाको केरवानी मावि पनि नमुना विद्यालयको रुपमा छनोट भएको छ ।