करदाता सेवा कार्यालय माण्डबि गा. पा. वडा.३ जस्पुर चकचकेमा आजबाट सन्चालनमा आएको छ।हालसम्म प्युठान, रोल्पा ,सल्यान लगायतका जिल्लाका करदाताहरुलाइ आन्तरिक राजस्व कार्यालय तुलसिपुर दाङ बाट सेवा प्रदान गर्दै आएको कार्यालयका प्रमुख रामहरी मरासिनिले बताउनु भयो ।
करदाताहरु कर तिर्नको लागि आफ्नो जिल्ला छोडेर अनेन्त्र जान पर्ने बाध्यतालाई मध्यनजर गर्दै छिमेकी जिल्ला रोल्पा र प्युठानलाई केन्द्र बनाइ प्युठानको जस्पुर चकचकेमा उक्त सस्था २०७७र३र१७ गते स्थापना भएको मरासिनिले बताउनुभयो । कर तिर्नको लागि रोल्पा र प्युठानका करदातालाइ सहज हुने भएको छ ।
ब्यवसाय दर्ता,खारेज ,आय विवरण पेश गर्ने ,कर दाखिला गर्ने लगायत जस्ता सेवा सुबिधा उपलब्ध गराउने समेत मरासिनिले जानकारी दिनुभयो । साथै अयखष्म (ज्ञढ कारण करदातालाई सहज होस भनी करमा केही प्रतिशत छुट दिएको बताउनु भयो । प्युठान र रोल्पाका करिब दस ,पन्ध्र हजार करदाताहरु लाभान्वित हुन सक्ने मरासिनिले बताउनु भयो ।