गृहपृष्ठ अर्थ/वाणिज्य धितोपत्र नीति सार्वजनिक

धितोपत्र नीति सार्वजनिक

प्रकाशित मिति:

काठमाडौं । धितोपत्र नीति सार्वजनिक भएको छ । दनेपाल धितोपत्र बोर्डले आइतबार चालु आर्थिक वर्ष २०७७–७८ को धितोपत्र तथा वस्तु विनिमय बजारसम्बन्धी नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले वेबिनार तथा बोर्डको आधिकारिक फेसबुक पेजबाट लाइभ मार्फत नीति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो । नीति तथा कार्यक्रम सार्वजनिक गर्दै ढुंगानाले लकडाउनको कारण सहजरुपमा कार्यालय सञ्चालन गर्न नसक्दा गत आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्न चुनौती रहेको बताउँदै धितोपत्र बजारमा आउने वास्तविक क्षेत्रका कम्पनीलाई प्रोत्साहन गरिने बताउनुभयो ।

सरकारी र संस्थागत ऋणपत्रको दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइने नीतिमा उल्लेख छ । चालु आर्थिक वर्षबाट एकीकृत ग्राहक कार्ड वितरण हुने र ऋणपत्रको लागि छुट्टै नियमावली बनाउने नीति तथा कार्यक्रममा उल्लेख छ । यस्तै नीतिअनुसार चालु आर्थिक वर्षदेखि बुक बिल्डिङ प्रणालीबाट आइपीओ जारी गर्ने व्यवस्था हुने भएको छ ।

प्रदेशस्तरमा समेत धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी जनचेतना अभिवृद्धिसहित समष्टिगत वित्तीय साक्षरतालाई सुदृढ गर्दै जाने नीति तथा कार्यक्रममा उल्लेख छ । चालु आर्थिक वर्षमा विकासात्मक ४० वटा कार्यक्रम सम्पन्न गर्ने बोर्डको नीति रहेको ढुंगानाले बताउनुभयो ।

सम्बन्धित् समाचार