गृहपृष्ठ अर्थ/वाणिज्य अन्तरबैंक एटीएम कारोबार निःशुल्क गर्न राष्ट्र बैंकको निर्देशन

अन्तरबैंक एटीएम कारोबार निःशुल्क गर्न राष्ट्र बैंकको निर्देशन

प्रकाशित मिति:

काठमाडौं –नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई एक बैंकको एटीएम कार्ड अर्काे बैंकको एटीएम बुथमा प्रयोग गर्दा शेवा शुल्क नलिन निर्देशन दिएको छ । राष्ट्र बैंकले हालै एक निर्देशन जारी गर्दै बैंकहरुलाई यस्तो निर्देशन दिएको हो ।
राष्ट्र बैंकले चालु आवको मौद्रिक नीतिमा नै यस बिषयलाई सम्बोधन गरेको थियो । त्यसपछि त्यसलाई कार्यन्वयन गर्दै राष्ट्र बैंकले बैंक तथा वित्तिय संस्थालाई यस्तो निर्देशन दिएको हो । राष्ट्र बैंकले मौद्रिक नीतिमा कोरोनाको असर भर एक बैंकको एटीएम अर्काे बैंकको बुथमा निःशुल्क प्रयोग गर्न पाइने व्यवस्था गर्ने बताएको थियो ।

यसअघि लकडाउन अवधीमा बैंकहरुले स्वतस्फूर्त रुपमा निःशुल्क रुपमा अन्तर बैंक एटीएम कारोबार निशुल्क गरेका थिए । तर, लकडाउन खुकुलो भएपछि गत साउन १ गतेदेखि नै उनीहरुले शुल्क लिन थालेका छन् । तर, अब पुनः निःशुल्क रुपमा यस्तो सेवा दिनुपर्ने राष्ट्र बैंकको निर्देशन छ ।

सम्बन्धित् समाचार