गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुको वाणगंगामा २५ लाख रुपैयाँ खर्चेर नेपाली सेनाद्धारा वनस्पति उद्यान निर्माण

कपिलवस्तुको वाणगंगामा २५ लाख रुपैयाँ खर्चेर नेपाली सेनाद्धारा वनस्पति उद्यान निर्माण

प्रकाशित मिति:

नेपाली सेनाले कपिलवस्तुमा वनस्पति उद्यान तयार पारेको छ। बाणगंगा नगरपालिका -८  मा रहेको शान्तिकुञ्ज मधुवन धाममा सेनाले २५ लाख रुपैयाँ खर्चेर उद्यान बनाएको हो। १५ बिगाहा क्षेत्रफलमा फैलिएको उद्यानमा १ हजार ४०० मिटर लामो पैदल हिँड्न मिल्ने गरी ुफुटलेनु समेत निमार्ण गरिएको छ। उद्यान परिसरभित्र ७५० बिरुवा रोपिएको छ।

बोलपत्र आह्वान गरी निमार्ण सामाग्री किनेर नेपाली सेनाको जनशक्ति लगाई ६ महिनामा उद्यान तयार गरिएको हो। मध्यपश्चिम पृतना हेडक्वार्टरको सामाजिक(आर्थिक पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कपिलवस्तुको वाणगंगा(८ मधुवन धाममा वनस्पति उद्यान तयार गरिएको नेपाली सेनाले जानकारी दिएको छ।

२२ नं. वाहिनीपति सहायक रथी सुदर्शन सिलवालले आइतबार एक समारोहबीच नवनिर्मित उद्यानको उद्घाटन गरे। नारायण दल गणका गणपति प्रमुख सेनानी तुरेन्द्र विक्रम आङदेम्बेले शान्ताकुञ्ज मधुवन धाम समितिका अध्यक्ष चुरामणि अर्याललाई उद्यानको चाबी हस्तान्तरण गरेका छन्‌।​वनस्पति उद्यान भित्र सौन्दर्यीकरणका लागी पानीको फोहोरा समेत निमार्ण गरिने भएको छ। मधुवन धामका लागी ८२ बिगाहा क्षेत्रफलको डिपीआर तयार भएको छ।

विभिन्न निकाय तथा विद्यार्थीका लागि अध्ययन अनुसन्धान गर्न उद्यान उपयुक्त हुने वडा अध्यक्ष गुणनिधि भुसालले बताए। नेपाली सेनाले यसअघि पनि प्रदेश ५ कै स्वर्गद्वारीमा वनस्पति उद्यान बनाइसकेको छ।

सम्बन्धित् समाचार