काठमाडौँ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) ले पुरुष विश्व कप छनौटका लागि क्रिकेट विश्वकप सुपर लिगको घोषणा गरेको छ ।सोमबार आइसीसीले आइसीसी पुरुष विश्वकप सुपर लिगको घोषणा गर्दै यो लिग जुलाई ३० बाटै शरू हुने बताएको छ ।
लिगको पहिलो खेल इङल्याण्ड र आयरल्याण्डबीच हुने भएको छ ।यस लिगका टप सात टिमले २०२३ मा भारतमा हुने विश्वकपमा प्रवेश पाउने छन् ।यस लिगका आइसीसीका १२ पूर्ण सदस्य र नेदरल्यान्ड्सले भाग लिने छन । नेदरल्यान्ड्सले सन २०१५-१७ को सुपर लिग जितेपछि विश्वकप सुपर लिगलाई छनौट भएको आइसीसीले जनाएको छ ।
१३ टिमले ४ खेल घरेलु र ४ खेल अवे तीन खेलका सिरिज खेल्ने भएका छन् ।आइसीसीको निर्णय अनुसार आसिसीका १२ पूर्ण सदस्य इङल्याण्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, भारत, न्युजील्याण्ड, वेस्टइन्डिज, पाकिस्तान, श्रीलंका, जिम्बाबे, बंगलादेश, आयरल्याण्ड र अफगानिस्तान रहेका छन् ।
आइसीसीले सुपर लिगको अन्य तालिका सदस्य बोर्डहरुसँगको छलफलपछि सार्बजनिक गर्ने बताएको छ ।