गृहपृष्ठ अर्थ/वाणिज्य साढे तीन लाख घुससहित बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृत प्रकाउ

साढे तीन लाख घुससहित बाँके राष्ट्रिय निकुञ्जका दुई अधिकृत प्रकाउ

प्रकाशित मिति:

बाँके राष्ट्रिय निकुञ्जका अधिकृत स्तरका दुई कर्मचारी घुससहित पक्राउ परेका छन्। विशेष सुराकीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बुटवल कार्यालयबाट खटिएका आयोगको टोलीले निकुञ्जका प्रमुख संरक्षण अधिकृत प्रमोद भट्टराई र सहायक संरक्षण अधिकृत विष्णु रोकायलाई तीन लाख ४८ हजार रुपैयाँसहित पक्राउ गरेको हो।

भट्टराई र रोकायका साथबाट बैंकमा जम्मा गरेको पाँच लाखको भौचर पनि बरामद भएको आयोग बुटवलका सूचना अधिकारी सुरेश भुसालले बताए। पक्राउ परेका भट्टराई र रोकायलाई थप अनुसन्धानका लागि बुटवल लगिएको आयोगले जनाएको छ।

आयोगले दुई साताअघि नेपालगन्जस्थित भेरी अस्पतालका कम्प्युटर सहायक अरुणराज खनाललाई १६ लाख नगद सहित नियन्त्रणमा लिएको थियो।

सम्बन्धित् समाचार