गृहपृष्ठ मनोरञ्जन गायिका सिलु भट्टराई र नन्दु परियारको स्वरमा रहेको तिजि कोसेली ‘ठुल्दिदी’ सार्वजनिक

गायिका सिलु भट्टराई र नन्दु परियारको स्वरमा रहेको तिजि कोसेली ‘ठुल्दिदी’ सार्वजनिक

हिन्दु नारीहरुको पर्व तीज आउन झण्डै दुई हप्ता बढी बाँकी छ । तिज नजिकिए संगै बजारमा तीजका गीत आउने क्रम बढ्दो रहेको छ । विश्व महामरीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९ ) को त्रासका कारण कतिपय कलाकारहरु य गाउँमा छन् भने राजधानीमा रहेका कलाकारहरुलाई तीज गीत निकाल्ने र बजारमा पठाउने चटारो बढेको छ ।
यसै क्रममा गायिका सिलु भट्टराई र नन्दु परियारको स्वरमा रहेको तिजि कोसेली ‘ठुल्दिदी’ बजारमा आएको छ । जसको शब्द सृजना लोकप्रिय सर्जक तथा गायक गणेश अधिकारीको रहेको छ । आर्टिष्ट म्युजिक युट्युब च्यानलबाट बजारमा आएको शिलु र नन्दुको तीज कोसेली (ठुल्दिदि) एल्बममा नन्दु परियारले नै लय सृजना गरेका छन भने निर्देशन र सम्पादन भने बिष्णु भट्टराईको रहेको छ ।
समाजको यथार्थता बोकेको तिज गित ठुल्दिदीमा शिलु भट्टराई, गणेश सापकोटा, सुमन पौडेल, दिपा बेल्बाँसे, सुनिता पोखरेल, एन्जिला भट्टराई,अनिश कंडेल, रिता गैरे, प्रीन्सी सापकोटा, कृष्ण बेल्बासेको अभिनय रहेको छ ।
हेर्नुहोस भिडियो : –

सम्बन्धित् समाचार