गृहपृष्ठ अर्थ/वाणिज्य बुद्धभूमि नगरपालिका चारका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप रकम प्रदान

बुद्धभूमि नगरपालिका चारका १८ जना महिला स्वास्थ्य स्वयंसेविकालाई प्रोत्साहन स्वरुप रकम प्रदान


कपिलवस्तुको बुद्धभूमि नगरपालिका वडा नं.४ का स्वास्थ्य स्वयमसेविकालाई प्रोत्साहन स्वरुप रकम प्रदान गरिएको छ । वडा भित्र रहेका १८ जना महिला स्वास्थ स्वयमसेबिकाहरुलाई अगामी दिनहरुमा स्वास्थ क्षेत्रको सुधार तथा समाजमा स्वास्थ क्षेत्रको जनचेतना लागि मनोबल उच्च होस् भन्ने सम्मान स्वरुप प्रति व्यक्ति रु. ५२०० प्रदान गरिएको बताईएको छ ।

वडाभित्र रहेका स्वास्थ्य स्वयमसेविकालाई उनीहरुले कोरोनाका समयमा पनि स्वास्थ्य क्षेत्रको सुधारको लागि गरेको महत्वपूर्ण योगदान गरे बाफत रकम हस्तान्तरण गरिएको हो । जहाँसुकै कोरोनाको त्रास भईरहेका समयमा स्वयमसेविकाको कामको मूल्याङकन गरि वडा स्तरिय बजेट अथवा वडाको पहलमा केही रकम निकासा गरिएको थियो ।

सम्बन्धित् समाचार