प्युठानमा घरविदा सकेर क्याम्पमा फर्किएका ७ जना सैनिकमा कोरोना संक्रमण पुष्टी भएको छ। ईन्द्रध्वज गण प्युठानको आन्तरिक क्वारेन्टिनमा बसेका ७ जना सैनिक जवानमा कोरोना देखिएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ।
मंगलबार एकै दिन थप १० जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा परीक्षणमा गरिएकोमध्ये २५ देखि ३६ वर्ष उमेर समुहका छन्। एक जना माण्डबी गाउँपालिका र २ जना जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका व्यक्तिमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्रमुख विशाल सुबेदीले जानकारी दिनुभयो।
त्यस्तै माण्डवी गाँउपालीकामा कार्यरत कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछी माण्डवी गाँउपालीकाको कार्यालय शिल गरिएको छ। गाँउपालीकामा कार्यरत ३७ वर्षिय एक पुरुष कर्मचारीलाई कोरोना पुष्टि भएपछी गाँउपालीका कार्यालय शिल गरिएको गाँउपालीकाका प्रमुख प्रशासकिय अधिकृत शिसिर रिजालले वताउनु भयो।
कार्यलय शिल गरि सम्पर्क परिक्षणको तयारी भईरहेको माण्डवी गाँउपालीकाका स्वास्थ्य संयोजक ध्रुव कुमार पोख्रेलले वताउनु भयो ।
मंगलबार आएको रिपोर्टसँगै प्युठानमा सक्रीय संक्रमित ३८ जना भएका छन्। त्यस मध्ये २१ जना सैनिक जवान छन। उनिहरुलाई ईन्द्रध्वज गण अन्तरगतको फुलबारी ब्यारेक पुणयखोलामा राखिएको छ।
यसअघि कोरोना संक्रमण पुष्टि भएका ३ सय ३७ जना निको भएर घर गइसकेको कार्यालयले जनाएको छ।