गृहपृष्ठ अर्थ/वाणिज्य कपिलवस्तुमा अबैध २४ लाख ५० हजार भारतीय रकम बरामद

कपिलवस्तुमा अबैध २४ लाख ५० हजार भारतीय रकम बरामद

शसस्त्र प्रहरी बल कृष्णनगरले भारतबाट अबैध रुपमा ल्याइएको २४ लाख ५० हजार भारतीय रकम बरामद गरेको छ । बुधबार विहान ४ बजे कृष्णनगरको लिंकगेटबाट ३ सय मिटर पूर्व शसस्त्र प्रहरी बल नंम्बर ३९ राजश्व भंसार सुरक्षा गुल्मको टोलीले सो रकम बरामद गरेको हो ।
शसस्त्र प्रहरीको ड्युटी रहेको बाटोमा भारत हुदै झोलामा भिरेर एक व्यक्तिले सेनेटाईजर र औषधीको पोकामा लुकाएर सो रकम ल्याएका हुन । नेपाली भुभागमा दशगजा भन्दा ५० मिटर भित्र गरिएको चेकजाँजका क्रममा शुरुमा ति व्यक्तिले झोला खोलेर सेनेटाईर र औषधी रहेको भन्दै गस्तमिा रहेको शसस्त्रको टोलीलाई झुक्याउन खोजेका थिए ।

शसस्त्र प्रहरीले झोला हेर्न थालेपछि ती व्यक्ति झोलामा रहेको रकम, औषधी र सेनिटाइजर छोडेर भारत तर्फ भागेको शसस्त्र प्रहरी राजश्व गुल्म कृष्णनगरका शसस्त्र प्रहरी नायब उपरिक्षक शुशिल कुमार शाहीले बताए ।

उक्त झोला नेपाल प्रहरी, स्थानिय जन प्रतिनिधि र स्थानिय पत्रकारको रोहबरमा खोल्दा झोलामा रु २४ लाख ५० हजार भारतिय रकम ९नेपाली रु ३९ लाख २० हजार ०, ४२ पत्ता सुगरको औषधी र २ बट्टा सेनिटाइजर फेला परेको शसस्त्र प्रहरी नायब उपरिक्षक शाहीले बताए ।
बरामद गरिएको रकम ५ सयको ४९ गड्डी भारतिय रकम रहेको र आवश्यक कारवाहीका लागी राजश्व अनुसन्धान कार्यालय बुटवल पठाउने तयारी रहेको उनले बताए ।

सम्बन्धित् समाचार