गृहपृष्ठ अर्थ/वाणिज्य चार लाख ३६ हजार रुपैयाँ बराबरका गहना किनी पैसा नतिरी भागेकी २९ वर्षीया महिला पक्राउ

चार लाख ३६ हजार रुपैयाँ बराबरका गहना किनी पैसा नतिरी भागेकी २९ वर्षीया महिला पक्राउ

प्रकाशित मिति:

चार लाख ३६ हजार रुपैयाँ बराबरका सुनचाँदीका गहना किनेर पैसा नतिरी भाग्ने झापाकी शारदा मगरलाई महानगरीय अपराध महाशाखाको टोलीले पक्राउ गरेको छ ।

नयाँ बानेश्वरकी रमिता रञ्जित श्रेष्ठको उजुरीको आधारमा मगरलाई पक्राउ गरिएको महाशाखाका प्रहरी उपरीक्षक ईश्वर कार्कीले जानकारी दिनुभयो । उनले सिक्री, सुनको लकेट, बाला, सुन र हिराको औँठी लगायतका गरगहना बनाएको र एक सहकारी संस्थाको नक्कली चेक दिएर ठगेको प्रहरीले जनाएको छ ।

२९ वर्षीया शारदा मगरले अरु व्यक्तिलाई पनि ठगेको हुन सक्ने भएकाले ठगीमा परेकाहरुलाई उजुरी दिन पनि अपराध महाशाखाले अनुरोध गरेको छ ।

सम्बन्धित् समाचार