नेपाल राष्ट्र बैंकले कर्मचारीलाई सकभर घरबाटै काम गर्ने व्यवस्था मिलाउन बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।
राष्ट्र बैंकले बढीमा ५० प्रतिशत कर्मचारीलाई मात्रै कार्यालयमा उपस्थित गराउन, अरुलाई घरबाटै काम गराउन, आफ्नो क्षेत्रभन्दा बाहिर गएका र सङ्क्रमितको नजिक रहेको शङ्का लागेका कर्मचारीको पीसीआर परीक्षण गराउन र खर्च संस्थाले नै बेहाेर्न निर्देशन दिएको छ ।
बैंक तथा वित्तीय संस्थामा भेटघाट र बैठक नगर्न, कर्मचारीलाई सम्पूर्ण सुरक्षा सामग्रीका साथ मात्रै काममा खटाउन, सङ्क्रमितको सम्पर्कमा रहेका र कन्ट्याक्ट ट्रेसिङमा परेका कर्मचारीलाई होटल क्वरेण्टीनमा सुरक्षित राख्न पनि राष्ट्र बैंकले निर्देशन दिएको छ ।
घरबाटै काम गर्ने र क्वरेण्टीनमा बस्ने कर्मचारीको तलब नरोक्न पनि राष्ट्र बैंकले सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ ।