गृहपृष्ठ अर्थ/वाणिज्य आयल निगमले १५ दिनमै फेरि बढायो पेट्रोल/डिजलको मूल्य, प्रतिलिटर एक रुपैयाँ बढ्यो

आयल निगमले १५ दिनमै फेरि बढायो पेट्रोल/डिजलको मूल्य, प्रतिलिटर एक रुपैयाँ बढ्यो

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य फेरि बढाएको छ।

आज राति १२ बजेबाट लागू हुनेगरी मूल्य पेट्रोल, डिजल र मट्टितेलमा प्रतिलिटर एक/एक रुपैयाँ बढाइएको निगमले जनाएको छ। खाना पकाउने ग्यासको मूल्य भने यथावत छ।
अब पेट्रोल प्रतिलिटर १०५ रुपैयाँ २५ पैसा पुगेको छ भने डिजेल र मट्टितेलको मूल्य ९१ रुपैयाँ प्रतिलिटर पुगेको छ।

यसअघि निगमले साउन १८ गते मात्रै पेट्रोल, डिजलको भाउ प्रतिलिटर २ रुपैयाँले बढाएको थियो।

सम्बन्धित् समाचार