गृहपृष्ठ अर्थ/वाणिज्य लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला

लिवर्टी इनर्जीको आईपीओ बिक्री खुला

प्रकाशित मिति:

लिवर्टी ईनर्जी कम्पनी लिमिटेड (LECL) काे प्राथमिक शेयर (आईपीओ) निष्काशन तथा बिक्री खुला भएको छ। कम्पनीले आज बुधबारदेखि सर्वसाधारणका लागि ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशन गरेको हो।

कम्पनीले जारी पूँजीको २५ प्रतिशतले हुन आउने रकम ३७ करोड ५० लाख बराबरको प्रतिशेयर १०० अंकित मूल्यका ३७ लाख ५० हजार कित्तामध्ये स्थानिय बासिन्दाहरुको लागि निष्काशन गरि बाँडफाँट नभएको १३ लाख १५ हजार ९३० कित्ता समेत गरी ३५ लाख ६४ हजार ९३० कित्ता आईपीओ निष्काशनमा ल्याएको हो।

प्रतिकित्ता १०० अंकित दरका सो शेयरमा न्यूनतम १० कित्ताका देखि अधिकतम १० हजार कित्ता सम्मको लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा भदौ ७ गते हुनेछ भने यस अवधिमा पर्याप्त आवेदन नपरे भदौ १७ गते सम्म आवेदन खुल्नेछ।

सम्बन्धित् समाचार