गृहपृष्ठ खबर पिसिआर परीक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउनु : मुख्यमन्त्री पोख्रेल

पिसिआर परीक्षण र कन्ट्याक ट्रेसिङको काम प्रभावकारी बनाउनु : मुख्यमन्त्री पोख्रेल

प्रकाशित मिति:

कोरोना रोकथाम तथा उपचारमा भइरहेका प्रयास र गर्नुपर्ने कामबारे आज मुख्यमन्त्री शङ्कर पोखरेलले प्रदेश नं ५ का १२ जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग एकीकृत भिडियो सम्वाद गरेका छन् ।

मुख्यमन्त्री पोखरेललाई प्रमुख जिल्ला अधिकारीहरुले जिल्लाको समग्र अवस्थाको जानकारी दिदै कोरोना नियन्त्रण र उपचारका लागि भइरहेका कामबारे जानकारी गराए ।

मुख्यमन्त्री पोखरेलले जिल्लामा क्वारेन्टाइन र आइसोलेसन केन्द्र आवश्यकता अनुसार बनाउन र पिसिआर परीक्षण तथा कन्ट्रयाक ट्रेसिङको काम प्रभावकारी बनाउन निर्देशन दिए ।

मुख्यमन्त्री पोखरेलले बन्दाबन्दी र निषेधाज्ञालाई आवश्यकता र औचित्यको आधारमा गर्न र बन्दाबन्दी र निषेधाज्ञा गरिएको जिल्ला र क्षेत्रमा कडाईका साथ पालना गराउन आग्रह गरे ।

उनले भारतबाट आउने नागरिकको व्यवस्थित अभिलेख राखी प्रवेश गराउन, क्वारेन्टाइनमा राखेर सम्बन्धित जिल्लामा पठाउन, सीमाबाट छोटो आवतजावतलाई रोक्न र सीमा नाकामा कडाई गर्न समेत निर्देशन दिए।

मुख्यमन्त्री पोखरेलले प्रमुख जिल्ला अधिकारीहरुलाई कोभिडले सिर्जना गरेको मानवीय त्रासलाई न्युनिकरण गर्न सञ्चार माध्यममार्फत सूचना प्रवाह गर्न तथा कोभिड १९ को उपचार तथा शान्तिसुरक्षाको प्रबन्धलाई प्रभावकारी बनाउन आग्रह गरे।

उनले प्रमुख जिल्ला अधिकारीहरुले अहिलेसम्म गरेको काम प्रशंसनीय रहेको बताउँदै काम गरेपछि त्यसको समीक्षा गरी जहाँ कमजोरी छ त्यहीबाट सुधार गरी अघि बढ्न निर्देशन दिए। प्रमुख जिल्ला अधिकारीहरुले जिल्लागतरुपमा भएका काम र समस्या प्रस्तुत गरे। साथै तत्काल प्रदेश र सङघीय सरकारले गर्नुपर्ने कामबारे प्रमुख जिल्ला अधिकारीहरुले मुख्यमन्त्रीलाई ध्यानाकर्षण गराए। रासस

सम्बन्धित् समाचार