गृहपृष्ठ कला/साहित्य आफ्नै जन्मदिने बाबा आमालाई लात दिने कस्ता छोराछोरी- एलिसा घिमिरे

आफ्नै जन्मदिने बाबा आमालाई लात दिने कस्ता छोराछोरी- एलिसा घिमिरे

प्रकाशित मिति:

आफ्नै जन्मदिने बाबा आमालाई लात दिने कस्ता छोराछोरी ।
दिनरात रुवाएर पिडाको घाउ अघात दिने कस्ता छोराछोरी ।।

बुहारीलाई ल्याएर बिर्सिन्छ्न आफ्नै मातापितालाई बुढेसकालमा ।
दिनरात आँसु धारा बियोगको रात दिने कस्ता छोराछोरी ।।

रुदैछ्न बरै सन्तानलाई राम्रो बाटो देखाउन नसकेर हरपल।
पटक पटक चोटिला शब्द प्रहार बात दिने कस्ता छोराछोरी ।।

जति ठूलो भए पनि सानै देख्छ्न आफ्ना मुटुका टुक्राहरुलाई ।
पलभर मै बृद्धा आश्रम पुर्याउन हात दिने कस्ता छोराछोरी ।।

एलिसा घिमिरे
अर्घाखाँची हाल कपिलवस्तु

सम्बन्धित् समाचार