गृहपृष्ठ अर्थ/वाणिज्य बुटवलमा पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख पाँच लाख बढी घुससहित पक्राउ

बुटवलमा पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख पाँच लाख बढी घुससहित पक्राउ

रुपन्देही : पूर्वाधार विकास कार्यालय बाँकेका प्रमुख मनिष अर्याल घुससहित पक्राउ परेका छन् । प्रदेश ५ अन्तर्गतको कार्यालयका प्रमुख अर्याल पाँच लाख ३० हजार घुस रकमसहित बुटवलको भौतिक पूर्वाधार विकास मन्त्रालयको गेटबाटै नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग कार्यालय बुटवलका प्रमुख डाक्टर भीष्मकुमार भुसालले जानकारी दिनुभयो ।

विभिन्न आयोजनाका निर्माण व्यवसायीबाट घुस लिएको रकमसहित नियन्त्रणमा लिइएको अख्तियार बुटवलले बताएको छ ।

प्रमुख अर्यालको ६६-१-०७६१ नम्बरको गाडीबाट पाँच लाख ३० हजार रुपैयाँ बरामद भएको हो । पक्राउ परेका अर्यालमाथि थप अनुसन्धान हुने अख्तियार प्रमुख भुसालले बताउनुभयो ।

सम्बन्धित् समाचार