१५ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड-१९)बाट मृत्यु हुनेको संख्यामा पनि भारत तेस्रो स्थानमा आइपुगेको छ । भारतले कोरोना भाइरसबाट मृत्यु हुनेको संख्यामा मेक्सिकोलाई पछि पारेको हो ।
भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण ६४ हजार ४६९ जनाको मृत्यु भएको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्र कोरोना भाइरसको कारण ९७१ जनाको मृत्यु भएको हो । मेक्सिकोमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या ६४ हजार १५८ पुगेको छ ।
भारतमा अहिलेसम्म २७ लाख ७४ हजार ८०२ संक्रमित निको भएर घर फर्किसकेका छन् भने ७ लाख ८१ हजार ९७५ संक्रमित निको हुन बाँकी छन् ।
स्रोत : एएनआई








