गृहपृष्ठ खबर नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो

नेपालमा कोरोनाबाट थप ११ जनाको मृत्यु, सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो

काठमाण्डौ : नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार पाँच सय २९ पुगेको छ । गएको २४ घण्टामा एक हजार ६९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा १२ हजार ८८ जनाको पीसीआर विधिमार्फत कोरोना परीक्षण गर्दा जनामा सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ । यस्तै गएको २४ घण्टामा सात सय ६८ जना कोरोना सङ्क्रमित निको भएर घर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या २२ हजार एक सय ७८ पुगेको छ । अब नेपालमा १८ हजार एक सय १२ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै सात हजार तीन सय ९० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

यस्तै गएको २४ घण्टामा ११ जनाको ज्यान गएसँगै कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या दुई सय ३९ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

पछिल्लो २४ घण्टामा काठमाण्डौ उपत्यकामा चार सय ८१ जनामा कोरोनाको सङ्क्रमण पुष्टि भएको छ । काठमाण्डौमा तीन सय ९३, ललितपुरमा ५८ र भक्तपुरमा ३० जना थपिएका हुन् ।

 

सम्बन्धित् समाचार