गृहपृष्ठ अर्थ/वाणिज्य रुपन्देहीका एक वडाध्यक्ष २० हजार घुस लिएको आरोपमा पक्राउ

रुपन्देहीका एक वडाध्यक्ष २० हजार घुस लिएको आरोपमा पक्राउ

प्रकाशित मिति:

बुटवल : रुपन्देहीको रोहिणी गाउँपालिका– २ का वडा अध्यक्ष सरोजकुमार पाण्डे सेवाग्राहीसंग घुस लिएको आरोपमा पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बुटवलको टोलीले उनलाई सेवाग्राहीसँग २० हजार रुपैयाँ घुस लिएको प्रमाणसहित पक्राउ गरेको हो ।

सहकारीबाट अनुदान रकम उपलब्ध गराइदिने नाममा सेवाग्राहीसंग २० हजार रुपैयाँ घुस लिएको पाइएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले बताए ।

४५ हजार रुपैयाँ माग गरेमध्ये २० हजार रुपैयाँ लिइसकेको प्रमाणका आधारमा नियन्त्रणमा लिएर अनुसन्धान थालेको उनले जानकारी दिए ।

 

सम्बन्धित् समाचार