गृहपृष्ठ अर्थ/वाणिज्य दाङमा जुवा खेलिरहेको समयमा १३ जुवाडे पक्राउ

दाङमा जुवा खेलिरहेको समयमा १३ जुवाडे पक्राउ

 

दाङ : दाङमा प्रहरीले १३ जना जुवाडेलाई प्रक्राउ गरेको छ । तुलसीपुर उपमहानगरपालिका १४ को पन्नपुरका निमबहादुर केसीको घरमा जुवा खेलिरहेको समयमा उनीहरुलाई प्रक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका १४ का मधुकर बस्नेत, माधव विक, दीपक वादी, राजाराम विक, निर्मल विक, चुडामणि डाँगी रहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक (डीएसपी) सुमित खड्काले बताउनुभयो ।

त्यस्तै भागवत डाँगी, बाबुराम नेपाली, निमबहादुर केसी, विकेश परियार, दीपक डाँगी, वडा नं १५ का प्रद्युम्न धिताल र घोराही उपमहानगरपालिका ९ का वसन्त बुढाथोकी प्रक्राउ परेका हुन् ।

उनीहरुको साथबाट ६३ हजार आठ सय ४० रुपैयाँ र जुवा खेल्न प्रयोग भएको एक गड्डी नखोलेको र पाँच गड्डी खोलेको तास पनि नियन्त्रणमा लिइएको डीएसपी खड्काले जानकारी दिनुभयो ।

कोरोना भाइरसको सङ्क्रमण बढ्दै गए पनि स्वास्थ्यसम्बन्धी मापदण्डको पालना भएको पाइएको छैन ।

 

सम्बन्धित् समाचार