दाङ । गायक मदन खनालको स्वर रहेको नयाँ गीत सार्वजनिक भएको छ । ‘कोही छैन मेरो’ बोलको गीत मंगलबार सिने जोन नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो ।
सार्वजनिक गीतमा शब्द तथा सङ्गीत गायक मदन खनाल र सुशील स्टुपिडको रहेको छ । म्युजिक भिडियोमा सन्देश साह र वर्षा लम्साल फिचर्ड छन् ।
भिडियो सन्तोष कार्कीले निर्देशन गरेका हुन् भने विनोद भिभिकेको छायाङ्कन र सन्देश साहको सम्पादन रहेको छ । आफ्नो रुचीलाई सबैले हेला गरेको र मायामा पनि हारेर विदेशमा जान बाध्य भएको गीतमा प्रस्तुत गरिएको छ ।
सबैजना हुँदा पनि आफूले एक्लो महसुस गरेको र आफ्नो कोहि नभए पनि आफ्नो लक्ष्य पूरा गर्न हार मान्न नहुने परिस्थिति गीतले बयान गरेको छ ।
भिडियो हेर्नुहोस् :