कपिलबस्तु , दशैँ आउन एकमहिना बढी समय बाँकी रहेपनि बजारमा दशैका लागि भनेर तयार गरिएको गीतसंगीत धमाधम आउन थालिसकेका छन् ।
यस्तैमा लोकप्रिय गायक/गायिका राजु परियार र पारु खड्का स्वर रहेको दशै गीत ‘रुन्छ मन यो’ योग्सना डिजिटल म्युजिक प्रालिको युटुब च्यानेलबाट सार्वजनिक भएको छ ।
भिडियोमा बिमल अधिकारी, सारिका केसी, बाल कलाकार (स्नेहा थापा, इसान थापा) लगायतको अभिनय रहेको छ ।
विश्वव्यापी रुपमा फैलियाको कोरोना भाइरस अर्थात् ( कोभिड १९)एवम प्राकृतिक विपत्तिका कारणले दैनिकी गुजारा चलाउन दुख भएको घटनालाई प्रस्तुत गरिएको छ।
काजिस श्रेष्ठको निर्देशन रहेको भिडियोमा दुर्गा पौडेलको छायाँकन तथा दिपक बिस्टको सम्पादन रहेको छ ।
मोहन बिकको लय /शब्द रहेको गीतको म्युजिक एरेन्जर बिनोद बाजुरालीले गरेका हुन् ।








