गृहपृष्ठ खबर थारुको ३५ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई ल्यापटप हस्तान्तरण

थारुको ३५ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई ल्यापटप हस्तान्तरण

प्रकाशित मिति:

वैखरी अनलाईन : लायन्स क्लव अफ कपिलवस्तुका सचिव तथा बुद्ध कम्प्युटरका संचालक राम सुभागे थारुले ३५ औं जन्मोत्सवको अवसरमा विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेका छन् । शनिबार एक कार्यक्रमका बिच थारुले बाणगंगा नगरपालिका वडा नम्बर चारस्थित सिद्धार्थ आधारभूत विद्यालयलाई ल्यापटप हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा बोल्दै थारुले आफुले फजुल खर्चमा गरिने वर्थ डे पार्टीको रकमलाई सामाजिक कार्यमा खर्च गर्दा यसले सहयोग मात्र नभई मनमा समेत शान्ति मिलेको बताएका थिए । त्यसैगरी अन्य महानुभावहरुलाई आफ्नो जन्मोत्सवको अवसरमा गरिने पार्टीको खर्चलाई व्यवस्थित गरेर सामाजिक कार्यमा खर्च गर्न समेत जानकारी गराएका थिए । कार्यक्रममा स्वागत मन्तव्य राख्दै धातानन्द भूसालले थारुको यस्तो सामाजिक कार्य देखेर अन्यले समेत पाठ सिक्न आवश्यक रहेको बताएका थिए ।

क्लवका अध्यक्ष सुरेन्द्र घिमिरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि वडा नम्बर ४ का वडाध्यक्ष गणेश बहादुर क्षेत्रीले सुभागेको काम सबैको लागि अनुकरणीय रहेको बताएका थिए ।  कार्यक्रममा विशिष्ट अतिथि जोन ६४ चेयर पर्सन तथा लायन्स क्लव कपिलवस्तुका संस्थापक अध्यक्ष कृष्ण केसी, डिडिएम कुमार खड्का, वडा नम्बर ४ का वडा सदस्य क्रषिराम थारु, पिआरओ नवदत्त घिमिरे लगायतले थारुलाई यस्तो सामाजिक कार्य निमित्त धन्यवाद दिएका थिए ।

लायन धातानन्द भुषालको स्वागतमा सम्पन्न कार्यक्रमको संचालन लायन ओम प्रकाश घिमिरेले गरेका थिए । कार्यक्रममा लायन्स क्लव अफ कपिलवस्तु दिदीबहिनी, लायन विष्णु पाठक, समाजसेवी शारदा पाठक लगायतको सहभागिता रहेको थियो । जन्मोत्सवको बाहाना पार्दै विभिन्न पार्टी र कार्यक्रम गर्नेहरुलाई पौडेलको यो अनुकरणीय कार्यले गतिलो पाठ सिकाएको छ ।

 

 

सम्बन्धित् समाचार