गृहपृष्ठ खबर प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लब अफ कृष्णनगरद्धारा सम्मान सहित बिदाई

प्रहरी निरीक्षक पौडेललाई प्रेस क्लब अफ कृष्णनगरद्धारा सम्मान सहित बिदाई

प्रकाशित मिति:

कृष्णनगर : कपिलवस्तु जिल्लामा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेललाई प्रेस क्लब अफ कृष्णनगरले सम्मान सहित बिदाई गरेको छ िकरिब १५ महिना देखि इलाका प्रहरी कार्यालय कृष्णनगरमा प्रहरी प्रमुखको पदमा कार्यरत रहि सोही क्षेत्रमा शान्ति सुरक्षासंगै कोरोनाको महामारीको नियन्त्रणमा देखाउनु भएको सक्रियता सराहनीय रहेको प्रेस क्लब अफ कृष्णनगरका अध्यक्ष अंकुश कुमार श्रीवास्तवले बताउनु बताए ।

साथै यस कपिलवस्तु जिल्लाको कृष्णनगर बसाई पश्चात ‘मुस्ताँग’ जिल्लालाई आफ्नो कर्मथालो बनाउनु भएको प्रहरी निरीक्षक पौडेललाई आफ्नो व्यक्तिगत तथा प्रेस क्लब अफ कृष्णनगरको तर्फ़बाट शुभकामना दिदै सफल कार्यकालको शुभकामना व्यक्त गर्नु भएको छ िबिदाई कार्यक्रममा बोल्दै प्रहरी निरीक्षक पौडेलले आफू यस कृष्णनगर क्षेत्रमा करीब १५ महिना देखि यहाँका जनताहरूको सेवा गर्न पाएकोमा खुशी व्यक्त गर्दै, आफूलाई सम्मान सहित बिदाई गरेकोमा यस प्रेस क्लब अफ कृष्णनगर लाई विशेष धन्यबाद दिनु भएको छ ।

ईलाका प्रहरी कार्यालय कृष्णनगर कार्यालय प्रमुखको रूपमा कार्यरत रहदा यही असोज ७ गते ३७ के। जी। लागु औषध चरेस सहित २ जना लाइ पक्राउ गर्न सफल र आफ्नो मताहत क्षेत्रमा शान्ति, सुरक्षा, अपराध अनुसन्धान तथा नियन्त्रण, अवैध चोरी तस्करी नियन्त्रण र विश्वमा महामारी रुपमा फैलिएको कोरोना रोकथाम तथा नियन्त्रण जस्ता प्रहरी काम कार्वाही निष्पक्ष, व्यवसायिक, ईमानदारी, अनुसासित र जिम्मेवारी पूर्ण रूपले उच्च मनोबलका साथ कार्य सम्पादन गरेको ले उच्च मूल्यांकन गर्दै जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले प्रशंसा पत्र समेत प्रदान गरेको छ । उक्त बिदाई कार्यक्रममा क्लबका प्रतिमा विश्वकर्मा, प्रिंस मिश्र, रमा शंकर तिवारी, कमलेश चन्द्र गुप्ता, लगायतको उपस्थित रहेको थियो ।

सम्बन्धित् समाचार