गृहपृष्ठ खबर एकैदिन १५ सय ७३ कोरोना संक्रमित थपिए, १० को मृत्यु

एकैदिन १५ सय ७३ कोरोना संक्रमित थपिए, १० को मृत्यु

प्रकाशित मिति:

काठमाडौं : पछिल्लो २४ घण्टामा १५ सय ७३ जनामा कोरोना भाइरस (कोभिड – १९) संक्रमण देखिएको छ। यो सहित संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

१९ हजार १९ कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार संस्थागत आइसोलेसनमा ८ हजार ३२१ जना रहेका छन् भने होम आइसोलेसनमा १० हजार ६९८ जना छन्। यस्तै क्वारेन्टाइनमा ६ हजार २८१ जना रहेका छन्।

मन्त्रालयका अनुसार नेपालमा २४ घन्टामा १० हजार १२३ पीसीआर नमूनाको परीक्षण भएको छ। पछिल्लो २४ घण्टामा ८८५ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ५३ हजार ८२८ पुगेको छ।

नेपालमा कोरोनाबाट हालसम्म ४७७ जनाको मृत्यु भएको छ। आइतबार मात्रै १० जनाको मृत्यु भएको छ।

सम्बन्धित् समाचार