गृहपृष्ठ खबर जटिल समस्याका लागि तत्काल एक्सनमा जान्छु, खुट्टा कमाउदिन : प्रहरी निरिक्षक गुरुङ

जटिल समस्याका लागि तत्काल एक्सनमा जान्छु, खुट्टा कमाउदिन : प्रहरी निरिक्षक गुरुङ

प्रकाशित मिति:

 

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. २ इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरिक्षक दिनेश गुरुङले बाणगंगामा नदीजन्य पदार्थको दोहन तथा लागु औषधको कारेवार जस्ता गम्भिर समस्याहरुमा तत्काल एक्सनमा जाने बताएका छन् ।

उनले बुधबार विहान भएको पत्रकारहरुसंगको परिचयात्मक कार्यक्रममा यस्तो बताएका हुन । इलाका प्रहरी कार्यालय पिपरामा हाजिर भएको केहिदिनमै विभिन्न व्यक्तीहरुले यिनै समस्याहरुको जानकारी दिएको र आफुले सजकताका साथ कदम चालि सकेको उनले जानकारी दिए ।

केहि दिन अगाडि सरुवा भई आएका प्रहरी निरिक्षक गुरुङले प्रहरीको एक्लो प्रयासबाट कुनै काम सम्भव नहुने भएकाले यसमा सबैको साथ र सहयोग हुनुपर्ने कुरामा जोड दिएका थिए । यसै बिचमा उनले समाजमा हुने बिकृति विसंगती, अन्याय, अत्याचार, अपराधहरुको बारेमा समयमा प्रहरीलाई सुचना दिन पनि आम जनतालाई आग्रह छन् ।

विभिन्न संचार माध्यमहरुको प्रतिनिधित्व गर्दै उपस्थित पत्रकारहरुले बाणगंगामा रहेका नदीजन्य पदार्थको दोहन, लागु पदार्थको दुव्र्यसनी, हत्या, हिंसा, बलात्कार, चोरी, यौनधन्दा, आदि जस्ता समस्याका बारेमा इन्स्पेक्टर गुरुङलाई जानकारी गरेका थिए । इन्स्पेक्टर गुरुङले आफ्नो ४ बर्षे प्रहरी सेवाको अवधिमा प्रसंसाभन्दा आलोचना बढी खेपेको सुनाउँदै जनताको काम गर्दा हुने आलोचनाले कुनै फरक नपर्ने बताए ।

उनले कानुन भन्दा माथि कोही नभएको भन्दै कसैको दवावमा वर्दिको शान नघटाउने वरु संगठन नै त्याग्ने समेत बताए ।
उनले प्रहरी एक्लैले सवै गर्न नसक्ने बताउदै यसमा समाजका अगूवाहरुले समेत राम्रो कदम चाल्दै प्रहरीलाई सहि सुचना, समयमा जानकारी , र गलत कार्यमा ध्यानाकर्षण समेत गराउनुपर्ने कुरामा जोड दिएका थिए । कार्यक्रममा स्थानिय संचार माध्यमका प्रमुख एवम् प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित् समाचार