गृहपृष्ठ खबर प्रदेश ५ : राजधानीका लागी प्रस्तावित ठाउँका जग्गा किनबेच र कित्ताकाट गर्न लगाईयो रोक

प्रदेश ५ : राजधानीका लागी प्रस्तावित ठाउँका जग्गा किनबेच र कित्ताकाट गर्न लगाईयो रोक

प्रकाशित मिति:

दाङ : प्रदेश ५ सरकारले राजधानी बनाउने निर्णय गरेको क्षेत्रमा जग्गा रोक्का राख्ने निर्णय गरेको छ । दाङको राप्ती गाउँपालिका पूरै, गढवा गाउँपालिकाको वडा नम्बर १, २, ३ र अर्घाखाँचीको शीतगंगा नगरपालिकाको वडा नम्बर ८ र ९ को जग्गा रोक्का गर्ने निर्णय गरेको प्रदेश ५ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्का सचिव भरतमणि सुवेदीले जानकारी दिनुभयो ।

ती क्षेत्रमा अर्को सूचना नआएसम्मका लागि जग्गा किनबेच र कित्ताकाट गर्न रोक्का गरेको सुवेदीले बताउनुभयो ।

यसअघि प्रदेश ५ का आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले प्रदेश ५ को नाम लुम्बिनी प्रदेश र स्थायी मुकाम अर्थात् राजधानी दाङको भालुवाङलाई केन्द्रमा राखेर बनाउने प्रस्ताव पेस गर्नुभएको थियोे । यो प्रस्ताव प्रदेश सभाबाट पारित भएपछि प्रदेशको राजधानी र नामको टुङ्गो लाग्ने छ ।

शुक्रबार नै प्रदेश सरकारको मन्त्रिपरिषद्ले दाङको भालुवाङ बजारलाई केन्द्रमा राखेर राप्ती, गढवा र अर्घाखाँचीको शीतगंगा गाउँपालिकालाई जोडेर प्रदेश राजधानी बनाउने निर्णय गरेको थियो ।

सम्बन्धित् समाचार