
काठमाडौं : नेपाली कांग्रेसका नेता अर्जुननरसिंह केसी र गगन थापासहित ६ जना नेतालाई कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण पुष्टि भएका अन्य कांग्रेस केन्द्रीय सदस्यहरुमा शम्भूलाल श्रेष्ठ, अनिता चौधरी, लगायत छन् ।
आगामी असोज १९ गते बस्न लागेको केन्द्रीय समितिको बैठकका लागि गरिएको हिजो शुक्रबार गरिएको परीक्षणबाट उहाँहरुको कोरोना पुष्टि भएको हो ।
संक्रमण पुष्टि भएपछि न्यूज २४ संग कुरा गर्दै नेता अर्जुननरसिंह केसी पार्टीले स्वाब संकलन गरेपछि रिपोर्ट पहिला मिडियालाई दिने कि सम्बन्धितलाई भन्दै प्रश्न गर्नुभयो ।
उहाँले आफुलाई अहिलेसम्म पार्टीले तपाईलाई संक्रमण देखियो भन्ने जानकारी नदिएकोमा आफुलाई दुःख लागेको बताउँदै आफुमा कोरोनाको कुनै लक्षण नदेखिएको पनि प्रष्ट पार्नुभयो ।
आफु अब होम आइसोलेसनमा बस्ने जानकारी दिदै आफ्नो सम्पर्कमा रहेकाहरुलाई सुरक्षित रहन पनि आग्रह गर्नुभयो । कांग्रेसले शुक्रबार केन्द्रीय सदस्यहरुसहित केन्द्रीय कार्यालयका कर्मचारी र नेताहरुका सुरक्षागार्डसहित २ सय ४१ जनाको स्वाब संकलन गरेको थियो ।
शुक्रबार संकलन गरिएको स्वाबको शनिबार रिपोर्ट आउँदा उनीहरुमा संक्रमण पाइएको हो । संक्रमित अन्य दुई जनाको विवरण खुलेको छैन । यद्धपि रिपोर्टमा एकजनाको नाम गंगा थापा लेखिएको पनि कांगे्रेस केन्द्रीय कार्यालय निकट श्रोतले न्यूज २४ लाई बतायो ।








