युवा सघं नेपाल कपिलवस्तुको इन्चार्जमा गोपालमणि ज्ञवाली र सह इन्चार्जमा प्रेम चापागाई मनोनित भएका छन । तत्कालिन माओवादी केन्द्र र नेकपा एमालेको एकिकरणपछि एकता प्रक्रिया सुरु भएको भातृ सगंठन युवा सघं नेपाल कपिलवस्तुको इन्चार्जमा ज्ञवाली र सह इन्चार्जमा चापागाई मनोनित भएका हुन ।

ज्ञवाली यस अघिनै पार्टीको बिभिन्न जिम्मेवारी सम्हाली सकेका लोकप्रिय युवा नेताका रुपमा परिचित समेत रहेका छन ।
दुवैलाई नेकपाका युवा नेता महेश बस्नेत केन्द्रिय इन्चार्ज रहेको युवा सघं नेपालको केन्द्रिय समितिले १५ गते मनोनित गरेको हो ।








