गृहपृष्ठ अर्थ/वाणिज्य कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कुल ९ करोड ८ लाख बजेट बिनियोजन

कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कुल ९ करोड ८ लाख बजेट बिनियोजन

प्रकाशित मिति:

कपिलवस्तु : चालु आर्थिक बर्षका लागि कृषि ज्ञान केन्द्र कपिलवस्तुमा कुल ९ करोड ८ लाखको बजेट बिनियोजन गरिएको छ । पुजीगत र चालु अन्तर्गत सो बजेट छुट्टाइएको हो । पाच बिभिन्न कार्यक्रम, ज्ञान केन्द्रकालागि बजेट तोकिएको हो । कृषि ज्ञान केन्द्र कपिलवस्तुले तौलिहवामा राखेको चालु आर्थिक बर्ष २०७७÷०७ कालागि बिनियोजन गरेको बजेटको सार्वजनिक कार्यक्रममा केन्द्रका प्रमुख भीमनाथ शर्माले सो बजेट बारे जानकारी गराएका हुन ।

कृषि उत्पादन, खाद्य तथा सुरक्षा कार्यक्रममा १ करोड २२ लाख, स्मार्ट कुषि गाउ कार्यक्रममा १ करोड ७६ लाख बजेट छ्ट्टाइएको छ । यस्तै अभियानमुखी ( मिशन ) कृषि तथा पशुपंक्षी विकास कार्यक्रममा १ करोड ४७ लाख, कृषि तथा पशुपंक्षी श्रोत तथा प्रबिधि सेवा टेवा बिस्तार कार्यक्रममा १ करोड १७ लाख तथा भुमी ब्यवस्था कृषि तथा सहकारी मन्त्रालय संघ अन्र्गत शसर्त अनुदानमा २ करोड ७८ लाख रुपैया बजेट छ । सो अवसरमा प्रदेश सदस्य धरम बहादुरलाल श्रीवाीस्तवले कृषि अनुदानको दोहोरापन हटाउन एकआपसनमा समन्वय हुनु पर्ने बताए ।

कृषि अनुदान वास्तविक कृषकले पाउनु पर्नेमा जोड दिदै उनले लिने र दिने दुबै यस बिषयमा गंभीर हुनु पर्ने बताए । जिल्लामा यस बर्ष थप २ स्थानममा स्मार्ट गाउ कार्यक्रम संचालन हुने उनले जानकारी दिए । मलको हाहाकार हटाउन दशमै मलको कारखानमा बनाउनु पर्ने उनले बताए । सो अवसरमा जिल्ला समन्वय समितिका प्रमुख नारायण खनालले कृषि प्रधान देश भए पनि कृषि क्षेत्रको अवस्था दयनीय भएको बताए ।

उनले प्रदेश र पालिकाहरुलाई अधिकार संपन्न बनाउनु पर्नेमा जोड दिए । कृषि उत्पादन बढाउन ब्यवसायिक कृषिमा जोड दिए । सो अवसरमा बाणगंगा नगरपालिकाका प्रमुख मंगल प्रसाद थारुले ६५ प्रतिशत बढी जनसंख्या कृषिमा आधारित रहे पनि कृषि क्षेत्रको अवस्था भने सुधार नभएको बताए । उनले कृषि क्षेत्रको सुधारकालागि तिनैे तहका सरकारले ठोस योजना र कार्यक्रम ल्याउनु पर्ने बताए । कार्यक्रममा टाठाबाडाले ३ वटै तहबाट अनुदान लिने तर वास्तविक कृषक भने सधै बंचित रहेको सहभागीहरुले बताएका थिए ।

अनुदानलाइृ पारदर्शी र दोहोरपन हटाउन एक आपसमा समन्वय जरुरी रहेको ठम्याइएको थियो । समन्वय समितिका प्रम्ख खनालको अध्यक्षता, शिवपुजन गूप्ताको संचालन र सत्यम हरिजनको स्वागत मन्तब्यमा भएको कार्यक्रममा कपिलस्तु नगरपालिका मेयर किरण सिंह, शिवराज नगरपालिका मेयर नेत्र प्रसाद अधिकारी, बिजयनगर गाउपालिका अध्यक्ष गोपाल थापा लगायतको सहभागीता रहेको थियो ।

सम्बन्धित् समाचार