गृहपृष्ठ प्रदेश नं ५ कोभिड -१९ को जोखिम कम गर्न विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

कोभिड -१९ को जोखिम कम गर्न विद्यालयलाई स्वास्थ्य सामाग्री हस्तान्तरण

प्रकाशित मिति:

असोज १८ कपिलवस्तु

कपिलवस्तु जिल्लाको वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित राम आधारभूत विद्यालयमा लागि दुई संस्थाले स्वास्थ्य सामग्री हस्तान्तरण गरेका छन् ।

वाणगंगा नगरपालिका वडा नम्बर ९ स्थित जनप्रिय फार्मेसी र सरेपानी सामुदायिक वनले सो विद्यालयका लागि स्वास्थ्य सामग्री प्रदान गरेका हुन ।

वैखरी मिडियाको समन्वयमा बाणगंगा नगरपालिका वडा नम्बर ९ पडरिया स्थित सरेपानी सामुदायिक वनले विद्यालयका लागि अटोमेटिक स्यानिटाईजर मेसिन प्रदान गरेको छ भने जनप्रिय फार्मेसीका संचालक रानाभाटले मास्क, सेनिटाईजर, प्राथामिक उपचार सामाग्री उपलब्ध गराएका छन् ।

विद्यालय प्राङ्गणमा आयोजना गरिएको सामग्री हस्तान्तरण कार्यक्रममा सरेपानी सामुदायिक वनका अध्यक्ष गिरबहादुर गुरुङ, वनका उपाध्यक्ष विन्द्रबहादुर गुरुङ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चुरामणी अर्याल, संचारकर्मी प्रेम पाण्डे, विद्यालयका प्रधानाध्यापक ओमलाल गिरी, लगायत विद्यालयका शिक्षक , व्यवस्थापन समितिका पदाधिकारी लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित् समाचार