गृहपृष्ठ खबर प्रदेश नम्बर ५ : दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय

प्रदेश नम्बर ५ : दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय

प्रकाशित मिति:

प्रदेश नम्बर ५ को नाम लुम्बिनी राख्ने निर्णय भएको छ। प्रदेशसभाको मंगलबार बसेको बैठकले दुईतिहाइ बढी मतले प्रदेशको नाम लुम्बिनी राख्ने निर्णय गरेको हो। ८३ जनाले भोट हालेका छन्।

लुम्बिनी नाम राख्ने पक्षमा ७९ मत खसेको छ भने विपक्षमा जम्मा ४ मत खसेको सभामुख पूर्ण घर्तीले जानकारी दिए।

आजै प्रदेशसभाले स्थायी राजधानी दाङको देउखुरी राख्ने निर्णय गरेको छ। दाङ राजधानी राख्ने विपक्षमा कांग्रेसका १३ जनाले मत दिएका थिए।

राजधानी राख्ने पक्षमा नेकपाका ६१ र कांग्रेसका ५ सहित ६९ मत परेको थियो

 

सम्बन्धित् समाचार