गृहपृष्ठ खबर तिलोत्तमाका नगरप्रमुख घिमिरेले आजको दिनलाई दिए ‘कालो दिनको संज्ञा’

तिलोत्तमाका नगरप्रमुख घिमिरेले आजको दिनलाई दिए ‘कालो दिनको संज्ञा’

प्रकाशित मिति:

बुटवल : प्रदेश ५ को स्थायी राजधानी दांङको भालुवाङ बनाउने प्रदेश सरकारको प्रस्ताव पारित भए संगै तिलोत्तमाका मेयर बासुदेव घिमिरेले आजको दिनलाई लुम्बिनीबासीका लागि कालो दिनको संज्ञा दिएका छन् । सामाजिक सञ्जाल फेसबुकमा लेख्दै घिमिरेले ‘लुम्बिनीको लागि आज कालो दिन ।’ उल्लेख गरेका छन् ।

मंगलबार बसेको प्रदेश ५ प्रदेशसभा बैठकले ६९ मत सहित स्थायी राजधानी दाङको भालुवाङ राख्ने निर्णय गेको हो । प्रदेश ५ सकारका तर्फबाट आन्तरिक मामिला तथा कानून् मन्त्री कुलप्रसाद केसीले प्रस्तुत गरेको प्रस्ताव दुई तिहाई बहुमतले पारित भएपछि स्थायी राजधानी दाङको भा भएको हो ।

प्रस्तावको पक्षमा कूल ८२ मत मध्ये ६९ मत खसेको थियो भने विपक्षमा १३ मत खसेको थियो । ८७ जना प्रदेश सभा सदस्य रहेको प्रदेश ५ मा सभामुख र उपसभामुखले मत हाल्न पाउने व्यवस्था हुँदैन । मतदानमा जनता समाजवादी पार्टीका सन्तोष पाण्डे र कल्पना पाण्डे संगै राष्ट्रिय जनमोर्चाका सांसद तारा जीसी मतदानमा सहभागी भएनन् ।

 

सम्बन्धित् समाचार