गृहपृष्ठ खबर थपिए काठमाडौं उपत्यकामा मात्रै १६८४ कोरोना संक्रमित

थपिए काठमाडौं उपत्यकामा मात्रै १६८४ कोरोना संक्रमित

प्रकाशित मिति:

काठमाडौं : काठमाडौं उपत्यकामा थप एक हजार ६ सय ८४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ। बुधबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारीका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंमा १२९६, भक्तपुरमा ९५ र ललितपुरमा २ सय ९३ जनालाई संक्रमण पुष्टि भएको हो।

उनीहरूको विभिन्न प्रयोगशालामा परीक्षण गरिएको थियो। पछिल्लो २४ घण्टामा ३ हजार ४ सय ३९ जना कोरोना संक्रमित थपिएका छन्।

 

सम्बन्धित् समाचार