गृहपृष्ठ खबर सन् २०२२ को लागी डीभी खुला, आज राति पौने १० बजेदेखि फारम भर्न सकिने

सन् २०२२ को लागी डीभी खुला, आज राति पौने १० बजेदेखि फारम भर्न सकिने

प्रकाशित मिति:

काठमाण्डौ : सन् २०२२ को डाइभर्सिटी भिसा डिभीका लागि आज रातिदेखि फारम खुल्दै छ । नेपाली समयअनुसार राति पौने १० बजेदेखि फारम भर्न सकिने नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । यसको समयसीमा २०७७ कार्तिक २५ (नोभेम्बर १०) सम्म तोकिएको छ ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ । फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।

दूतावासले डीभी आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिनसमेत आग्रह गरेको छ ।

 

सम्बन्धित् समाचार