गृहपृष्ठ खबर स्याङ्जामा दुर्घटना हुदाँ कपिलवस्तु बस्ने एक सहित दुईको मृत्यु

स्याङ्जामा दुर्घटना हुदाँ कपिलवस्तु बस्ने एक सहित दुईको मृत्यु

प्रकाशित मिति:

स्याङ्जा : सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जाको भीरकोट नगरपालिका १ को दार्सिङमा बस र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दुई जनाको ज्यान गएको छ ।

दुर्घटनामा घाइते भएका भीरकोट ३ घर भइ कपिलवस्तु बस्ने ३१ वर्षीय गुप्तबहादुर खत्री र भीरकोट ३ घर भइ वालिङ बस्ने ५८ वर्षीय ढालबहादुर रानाको ज्यान गएको हो । उनीहरुको उपचारको क्रममा कालिका सामुदायिक अस्पतालमा ज्यान गएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता, प्रहरी नायब उपरीक्षक (डीएसपी) राजेन्द्रप्रसाद अधिकारीले जानकारी दिनुभयो ।

वालिङबाट भीरकोटतर्फ गइरहेको ग १ क ४३७० नम्बरको बस र विपरीत दिशाबाट आइरहेको ग १३ प २८१४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किएका हुन् । दुवै सवारी साधन प्रहरीको नियन्त्रणमा छ ।

 

सम्बन्धित् समाचार