गृहपृष्ठ अर्थ/वाणिज्य बाँकेमा प्रहरी हवल्दार घूससहित पक्राउ

बाँकेमा प्रहरी हवल्दार घूससहित पक्राउ

प्रकाशित मिति:

नेपालगन्ज : बाँकेमा प्रहरीका हवल्दार घूससहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपालगन्जको टोलीले घूससहित प्रहरी हवल्दारलाई नियन्त्रणमा लिएको हो ।

इलाका प्रहरी कार्यालय, खजुराखुर्द बाँकेमा कार्यरत हवल्दार राजेशबहादुर द्वाललाई १३ हजार घूससहित पक्राउ गरिएको अख्तियार नेपालगन्जका सूचना अधिकृत लोकमणि पाण्डेले जानकारी दिए ।

काठ स्थानान्तरणमा सहजिकरण लागि भन्दै हवल्दारले मानपुरस्थित एक कोल्डस्टोरमा बसेर घूस लिँदै गर्दा अख्तियारको टोलीले पक्राउ गरेको पाण्डेले बताए ।

 

सम्बन्धित् समाचार