गृहपृष्ठ खबर बुटवलमा उपचाररत ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

बुटवलमा उपचाररत ७२ वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु

प्रकाशित मिति:

काठमाडौँ : बुटवलको कोरोना विशेष अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । मंगलबार बिहान बुटवल उपमहानगरपालिका–३ का ७२ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले जानकारी दिए ।

निमोनिया र उच्च रक्तचापको समस्या भएका ती पुरुष असोज २ गते अस्पताल भर्ना भएको र सोही दिन गरिएको पीसीआर परीक्षणमा कोरोना पुष्टि भएको डा. थापाले जानकारी दिए ।

योसँगै कोरोना विशेष अस्पतालमा कारोनाबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ ।

 

सम्बन्धित् समाचार