गृहपृष्ठ खबर आज राति पृथ्वी र मंगल ग्रहलाई नांगो आँखाले हेर्न मिल्ने

आज राति पृथ्वी र मंगल ग्रहलाई नांगो आँखाले हेर्न मिल्ने

काठमाडौँ : यो वर्ष मंगल ग्रहको अनुसन्धानका लागि अमेरिका, यूएई र चीनले आफ्ना यानहरु प्रक्षेपण गरे । जुलाई १९ मा संयुक्त अरब इमिरेट्स ९यूएई०को ‘होप’, जुलाई २३ मा चीनको तियानवेन–१ र जुलाई ३० मा नासाको ‘पर्सिभरेन्स रोभर’ मंगल ग्रह मिसनका लागि प्रक्षेपण गरिए ।

सौर्य मण्डल परिवारको चौथो ग्रह मंगल हरेक दुई वर्षमा पृथ्वी नजिकै आइपुग्छ । मंगल र पृथ्वीको औसत दुरी २ सय २५ मिलियन किलोमिटर हो तर यी दुई ग्रहबीचको दूरी हरेक दुई वर्षमा ५४।६ मिलियन किलोमिटरसम्म नजिक हुन्छ । यही मौका छोपेर मंगल ग्रह मिसनका लागि यानहरु प्रक्षेपण हुँदै आएका छन् ।

मंगल र पृथ्वीले अण्डाकारमा सूर्यको परिक्रमा गर्ने भएकाले यी दुईबीचको दूरी फरक भइरहन्छ । दूरीलाई नै आधारमा मानेर मंगल मिसनको टुंगो लगाइन्छ । दूरी कम हुँदा कम इन्धन प्रयोग हुने र ग्रह पनि ठूलो अनि चम्किलो देखिने भएकाले यो समय छनोट गरिने त्रिवि भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख एवं खगोलशास्त्री प्रा।डा विनिल अर्याल बताउँछन् । यस वर्ष रुसको पनि मंगल मिसन थियो तर प्राविधिक कारणले प्रक्षेपण हुन सकेन । अब उसले सन् २०२२ मा मात्रै प्रक्षेपण गर्नेछ ।

सन् २००३ मा मंगल र पृथ्वीबीचको दूरी ५५।७६ मिलियन किलोमिटर थियो । उक्त दूरी ६० हजार वर्षपछिको सबैभन्दा नजिक हो । सोही दूरी सन् २२८७ को अगस्ट २८ मा हुने अमेरिकी अन्तरिक्ष संस्था नासाले जनाएको छ । सन् २०२० मा मंगल र पृथ्वी अक्टोबर ६ मा सबैभन्दा नजिक देखिए । यी दुईबीचको दूरी ६२।०७ मिलियन किलोमिटर थियो । यो दूरी अब सन् २०३५ मा मात्रै हुने नासाले जनाएको छ ।

मंगलबार ९अक्टोबर १३०मा पृथ्वी र मंगल ग्रह आमनेसामाने देखिदैछन् । यस्तो अवस्थामा मंगल ग्रह धेरै नै चम्किलो देखिन्छ । अब सन् २०२२ को डिसेम्बेर ८ मा मात्रै यी ग्रहहरु आमने सामने हुनेछन् ।

 

सम्बन्धित् समाचार