गृहपृष्ठ खबर चेन्नईको तेस्रो जित, हैदराबाद २० रनले पराजित

चेन्नईको तेस्रो जित, हैदराबाद २० रनले पराजित

प्रकाशित मिति:

काठमाडौं : युएईमा जारी इनिडयन प्रिमियर लिग ९आईपीएल० मा चेन्नई सुपर किंसले तेस्रो जित निकालेको छ। रविन्द्र जडेजाको अलराउन्ड प्रदर्शनमा चेन्नईले सनराइजर्स हैदराबादलाई २० रनले पराजित गरेको हो।

रविन्द्रले नटआउट २५ रन जोडेका थिए भने किफायती बलिङ गर्दै १ विकेट हात पारे। त्यस्तै हैदराबादका २ वटा विकेट क्याच गर्दै टिमलाई जिताए।

मंगलबार राति दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंगशालमा भएको चेन्नईले टस जितेर पहिले ब्याटिङ गरेको थियो। चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १६७ रन बनाएको थियो। जवाफमा १६८ रनको लक्ष्य पछ्याएको हैदराबादले ८ विकेट गुमाउँदै १४७ रनमात्र बनाउन सक्यो।

हैदराबादका लागि न्यूजिल्यान्डका खेलाडी केन विलिम्सनले ५७ रन बनाए। त्यस्तै ओपनर जोनी बेयस्र्टोले २३ तथा प्रियम गार्गले १६ रन जोडे। अन्य ब्याट्समेन भने चल्न सकेनन्।

हैदराबादलाई रोक्न कर्ण शर्मा र ड्वाने ब्राभोले समान २÷२ विकेट लिए। त्यस्तै रविन्द्र जडेजाले १ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको चेन्नईका शेन वाट्सनले ४२ रन जोडेका थिए भने अम्बाती रयदुले ४१ रन बनाएका थिए। त्यस्तै रविन्द्रले २५ रनको योगदान गरेका थिए।

हैदराबादका लागि सन्दीप शर्माले २ विकेट लिए। त्यस्तै खलिल अहमद र टी नटराजनले समान २÷२ विकेट हात पारे।

योसँगै चेन्नईले ८ खेलबाट ६ अंक मात्र जोड्न सकेको छ। समान खेल खेलेको हैदराबादको पनि ६ अंक नै रहेको छ। तर रनरेटका आधारमा हैदराबाद चेन्नईभन्दा एक स्थानमाथि पाँचौँ स्थानमा रहेको छ।

 

सम्बन्धित् समाचार