गृहपृष्ठ खबर बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

बुटवलमा थप एक कोरोना संक्रमित महिलाको मृत्यु

प्रकाशित मिति:

तिलोत्तमा : रूपन्देहीको बुटवलस्थित कोरोना विशेष अस्पतालमा बिहीबार बिहान एक संक्रमित महिलाको मृत्यु भएको छ । असोज २१ गते पीसीआर परीक्षणमा कोरोना पोजिटिभ देखिएपछि भेन्टिलेटरमा राखी उपचार गरिएकी बुटवल–७ की ७० वर्षीया महिलाको बिहान सवा ९ बजे मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले बताए ।

गौतमका अनुसार उच्च ज्वरो तथा श्वासप्रश्वासमा समस्या रहेकी ती महिलालाई कोरोनाकै कारण निमोनिया भएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ३२ पुगेको छ ।

 

सम्बन्धित् समाचार