गृहपृष्ठ अर्थ/वाणिज्य सामुदायिक वनका अध्यक्ष ८० हजार घुससहित रंगेहात पक्राउ

सामुदायिक वनका अध्यक्ष ८० हजार घुससहित रंगेहात पक्राउ

प्रकाशित मिति:

काठमाडौं : सेवाग्राहीसँग घुस मागेको अभियोगमा सव-डिभिजन कार्यालय कैलालीका रेञ्जर रामअवतार चौधरीलाई घुस खुवाउन खोज्ने सामुदायिक वनका अध्यक्ष पक्राउ परेका छन्।

बिहीबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले धनगढी उपमहानगरपालिका(११ सीताराम सामुदायिक वन समूहका अध्यक्ष रामप्रसाद रानालाई ८० हजार रुपैयाँसहित रंगेहात पक्राउ गरेको हो। रानालाई धनगढी उप-महानगरपालिका-१ फार्कमोडबाट पक्राउ गरिएको अख्तियारले जनाएको छ।

वन कार्यालयले केही दिनअघि ट्याक्टर र काठ बरामद गरेको थियो। बरामद काठको मुद्दा मिलाइदिने भनी चौधरीले सेवाग्राहीसँग घुस मागिरहेका थिए। उनलाई घुस बुझाउन रानाले विचौलियाको काम गरेको आरोप छ।

 

सम्बन्धित् समाचार