कपिलवस्तु : महाराजगंज नगरपालिकाले पत्रकार किरणमान बज्राचार्यलाई उत्कृष्ट पत्रकारिता पुरस्कार २०७७ प्रदान गरेको छ । सुचना प्रबाह, सुशासन, विकास निर्माण लगायतमा कलम चलाए बापत बज्राचार्यलाई एक कार्यक्रमका बिच, कदरपत्र नगद र दोसल्ला सहीत पुरस्कृत गरेको हो । मेयर अब्दुल कलाम खाँ र प्रमुख प्रशासकीय अधिकृत बेद प्रसाद खरेलले बज्राचार्यलाई नगद १५ हजार सम्मान पत्र र दोसल्ला ओढाएर सम्मानित गरेका थिए ।
नागरिक दैनिक पत्र लगायतका मिडियामा कार्यरत बज्राचार्यलाई सो अवसरमा मेयर खाँले नगरपालिकाले पहिलो पटक पत्रकारलाई सम्मानित गरेर संचार क्षेत्रसंग सहकार्य गरेर अघि बढने कामको सूरुवात गरेको बताए । यसले संचारकमीैलाई प्रात्साहीत गर्ने र एक आपसमा समन्वय समते बढने उनले बताए । प्रमुख प्रसाशकीय अधिकृत खरेलले मिडयासंग नगरपालिकाले निरन्तर सहकार्य गरेर अघि बढने बताए ।
नया आउने कर्मचारीलाइृ स्वागत र सम्मान र अन्य कर्मचारीहरुलाई छनौटका आधारमा उत्कृष्ट पुरस्कारको काम नया सुरुवात गरिएको उनले बताए । नगरपालिकाले सबै कर्मचारीहरुलाई सम्मान गर्ने उनले प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा नगरपालिकामा कार्यरत कर्मचारीहरु दल बहादुर घर्ती, रामकृष्ण शुक्ला, बिष्णु प्रसाद न्यौपाने, सुरजीत माली, पदमा कुमारी राना, पिताम्बर प्रसाद यादवलाई समेत उत्कृष्ट काम गरकोमा कदर पत्र र दोसल्ला ओढाएर सम्माति गरिएको थियो ।
यस्तै आवकास पाएका सिनियर अहेब राजाराम कोहारलाई बिदाई सहीत सम्मानित गरिएको थियो भने नव आगन्तुक शिक्षा शाखाका प्रमुख उप सचिव रेस्मीराज अर्याललाई समेत स्वागत गरिएको थियो । कार्यक्रममा मेयर खाँले नव निर्मित सभा हलको उदघाटन समेत गरेका थिए ।