गृहपृष्ठ खबर कोलकताविरुद्ध मुम्बईको शानदार जित

कोलकताविरुद्ध मुम्बईको शानदार जित

प्रकाशित मिति:

काठमाडौं : इण्डियन प्रिमियर लिग ९आईपीएल० अन्तर्गत आज भएको खेलमा मुम्बई इण्डियन्सले कोलकता नाइट राइडर्सलाई पराजित गरेको छ। शेख जायेद स्टेडियम अबुदाबीमा भएको खेलमा मुम्बईले कोलकतालाई ८ विकेटले हराएको हो।

१ सय ४९ रनको लक्ष्य पछ्याएको मुम्बईले १६ दशमलब ५ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य भेट्यायो। मुम्बईका लागि क्विन्टन डिककले अभिजित रहँदै सर्वाधिक ७८ रनको योगदान गरे। त्यस्तै, कप्तान रोहित शर्माले ३५ तथा हार्दिक पाण्ड्याले २१ रन र सूर्यकुमार यादवले १० रन जोडे।

कोलकताका लागि वरुण चक्रवर्ती र शिवम माभीले १र१ विकेट लिए। यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको कोलकताले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १ सय ४८ रन बनाएको थियो।

कोलकताका लागि प्याट कमिन्सले अभिजित रहँदै सर्वाधिक ५३ रन जोडे। शुरुमा खस्किएको कोलकताको ब्याटिङ कमिन्स र इयोन मार्गनको साझेदारीले उकासेको हो। कप्तान इयोन मोर्गनले अभिजित ३९ रन जोड्दा शुबमन गिलले २१ रन तथा आन्द्रे रसेलले १२ बनाए। अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन।

उता मुम्बईका राहुल चहरले २ तथा ट्रेन्ट बोल्ट, नाथान कोल्टर नाइल र जसप्रित बुमराहले १र१ विकेट लिए।

 

सम्बन्धित् समाचार