नेपाल ट्रेड युनियन कांग्रेसको आधारभुत शिक्षा र संगठन विस्तार कार्यक्रम सम्पन्न भएको छ । मजदूरहरुको हक अधिकार सुनिश्चित गर्ने र स्थानीय स्तरका कर्मचारी गठन गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको थियो ।
नेपाल ट्रेड युनियन कांग्रेस जिल्ला समिति कपिलवस्तुको आयोजना तथा एफ.एन.भी.संस्थाको आयोजनामा कपिलवस्तुको बैरीयामा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल ट्रेड युनियन कांग्रेस ५ नं. प्रदेशका वरिष्ठ उपाध्यक्ष कृष्णप्रसाद बेल्बासेले नेतृत्वमा बसेकाहरु बिधान अनुसार अगाडी बढेमा कांगे्रस त्यसै अगाडी बढ्ने बताउनु भयो । उहाँले पार्टीका भातृ सङगठनले गुटगत स्वार्थ त्याग्ने कार्यलाइ आत्मसात गर्दै अगाडी बढेमा मात्रै पार्टी बलियो हुने स्पष्ट पार्नु भयो । संगठन बलियो बनाउन सबै एक ढिक्का हुनु जरुरी रहेको जिकिर गर्नु भयो ।
यस्तै पूर्व महासमिति सदस्य तथा युवा नेता डोलकराम घिमिरेले पार्टीका केही भातृ संगठन एकदमै सक्रिय रहेको र पार्टीलाई बलियो बनाउने दिशातर्फ लएको बताउनु भयो । उहाँले राम्रो काम गर्नेलाइ पुरस्कृत र नराम्रो गर्नेलाइ दण्ड, सजायका कुरा अगाडी सारेमा नेपाली कङग्रेससले सत्ता हात पार्ने दाबी गर्नु भयो ।
नेपाली कंग्रेस जिल्ला सदस्य रविबहादुर काफ्लेले स्थानीय तहदेखी केन्द्र सम्म नै नेपाली जनतामाथी विभेद गरेकोले पार्टी तल परेको गुनासो गर्नु भयो । पद्धतिमा चल्न नसक्नुको कारण कङग्रेसले हार बेहोर्नु परेको बताउदै अबका दिनमा जनताको समस्या बुझेर अगाडी बढेमा अवस्य पार्टीको जित हुने बताउनुभयो ।
कार्यक्रममा नेपाल विद्यार्थी संघ क्षेत्रीय सभापति चन्द्रकान्त पोखरेल, नेपाली कंग्रेस नगर सभापति विष्णु थापा, प्रेस युनियन जिल्ला सभापति गोपाल भण्डारी, लगायतले पार्टी स्थानीय होस् या केन्द्र होस् सबै ठाउँमा एकजुट हुनु जरुरी रहेको बताउनु भयो । विभिन्न सुकुम्बासी बस्ती लगायत बिपन्न परिवारका श्रमिकहरुलाइ एकजुट गराउन सकियो भने नेपाली कङग्रेसले २ वर्ष पछि हुने चुनाव जित्न सक्ने पक्का रहेको दाबी गर्नुभयो ।
यस्तै लोकनाथ शर्माले पार्टीका विभिन्न भातृ संगठनहरु एकजुट बनाउन पार्टी नै पछाडि परेको गुनासो गर्नु भयो । उहाँले पार्टीले कतै पनि सहयोग नगरेकोमा दुःख व्यक्त गर्नुभयो ।
पार्टीका विभिन्न भातृसंगठनहरुको सहभागिता रहेको कार्यक्रममा आउँदै गरेका महान् पर्वहरु विजयादशमी, दिपावली तथा छठ पर्वको अवसरमा शुभकामना आदान प्रदान समेत गरिएको थियो ।
नेपाल ट्रेड युनियन जिल्ला सभापति बालकुमारी पन्तको अध्यक्षता, उपाध्यक्ष नेत्र प्रसाद बन्जाडेको स्वागत मन्तव्य रहेको कार्यक्रम सचिव जनक प्रसाद बेल्बासेको संचालनमा सम्पन्न भएको थियो ।