गृहपृष्ठ खबर कपिलवस्तुको बाणगंगामा १७ बिपन्न महिलालाई सिलाई मेशिन

कपिलवस्तुको बाणगंगामा १७ बिपन्न महिलालाई सिलाई मेशिन

प्रकाशित मिति:

कपिलवस्तुको बाणगंगा नगरपालिकाका स्थित जितपुरमा १७ बिपन्न महिलालाई सिलाई मेशिन बितरण गरिएको छ । लुम्बिनी एकीकृत विकास संस्था ९लीडो० ले कतार च्यारिटी नेपालको आर्थिक सहयोगमा सिलाई मशीन वितरण गरेको हो ।

गरीब असहाय महिलाहरुको लागि आर्थिक सबलीकरण र जीवकोपार्जनका निम्ति सहयोग हुने उद्द्येश्यले सिलाई मशीन वितरण गरिएको लिडो की सुनिता बेल्बासेले बताईन ।

सांसद अतहर कमाल मुसलवान, मेयर मंगल प्रसाद थारु, सिद्धार्थ क्याम्पसका सदस्य रवि काफ्ले र कतार च्यारिटी का कार्यक्रम इंचार्ज इंजीनियर आमिर फैसलले बिपन्न महिलालाई मेशीन हस्तान्तरण गरेका थिए । सांसद कमालले बिपन्न महिलाहरुका लागि मेशीनले आफनो गुजारा चलाउन मद्दत मिल्ने बताए ।

सो अवसरमा मेयर थारुले बिपन्न महिलालाई संस्थाले मेशीन सहयोग गरेर राम्रो काम गरेको बताए ।

उनले मेशीनले महिलाहरुको जीवनयापतमा सहयोग्ी हुने उनले बताए । मेशीन पाएर महिलाहरु खुशी भएका थिए । कार्यक्रम अध्यक्षता वडा नम्बर ४ का अध्यक्ष गणेश क्षेत्रि र सुनिता बेल्बासेको संचालनमा भएको थियो ।

सम्बन्धित् समाचार